अमेरिकाले बन्द गर्यो डिभी तथा ग्रीनकार्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धी व्यवस्थामा नयाँ निर्णय लिएका छन् । निर्णयअनुसार तत्कालका लागि डिभी, ग्रीनकार्डलगायत योजना बन्द गरिएको छ ।

नयॉ व्यवस्थाले डिभी परेर अमेरिका आउने तयारीमा रहेका तथा पारिवारिक एवम् रोजगारीमा आधारित ग्रीनकार्ड प्राप्त गर्ने लाइनमा बसेकाहरू प्रभावित हुने समाचारमा जनाइएको छ ।
ट्रम्पले यस सम्बन्धी जारी गरेका कार्यकारी आदेशलाई आजबाट कार्यान्वयनको तहमा लगिएको छ । अबको नयॉ नीतिका कारण जुनसुकै माध्यमबाट अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका मात्रै नभए अमेरिकाभित्रै बसोबास गरिरहेका आप्रबासीहरूलाई समेत कानुनी हैसियत प्राप्त गर्न निकै जटिल हुने बताइएको छ ।
यस किसिमको व्यवस्थाबाट थुप्रै नेपालीहरू समेत प्रभावित हुनेछन।

नयॉ नीतिअनुसार अमेरिका प्रवेश गरेर यहॉ आधिकारिक रूपमा बस्नका लागि शरण माग गर्दै पेश गरिएका एसाइलम आवेदनलाई सिधै खारेज गर्नसक्नेदेखि कानुनसंगत ढंगले काम गर्नका लागि आवश्यक पर्ने वर्कपरमिट समेत नदिनेसम्मका कडा व्यवस्था गरिएको छ ।
समाचारमा जनाइएअनुसार यो व्यवस्था हालका लागि डिसेम्बर सम्मका लागि गरिएको भनिएपनि थप लम्ब्याइन सक्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?