अटेरी राष्ट्रपति जसलाई मास्क लगाउन अदालतले आदेश दियो, नलगाए हुनेछ यस्तो सजाय

काठमाडौं – ब्राजिलका राष्ट्रपति जेर बोलसोनरोले मास्क लगाउन अटेर गरिरहेपछि त्यहाँका न्यायाधीशले आदेश दिएका छन्।

महामारी फैलिएपछि मे ११ बाट ब्राजिलमा मास्क लगाउनै पर्ने प्रावधान ल्याइएकोमा राष्ट्रपतिले पटकपटक नियम उल्लंघन गरेपछि यस्तो आदेश दिईएको हो ।

राजनीतिक र्‍यालीहरुमा सहभागी भएको बेला राष्ट्रपतिले मास्क नलगाएको उल्लेख गर्दै ती न्यायाधीशले उक्त आदेश दिएका हुन् । यदि यो आदेश नमाने दैनिक ३८७ अमेरिकी डलर जरीवाना तिर्नुपर्नेछ।

संघीय न्यायाधीश रेनतो बोरेलीले मंगलवार उक्त आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

A maskless President Jair Bolsonaro visiting a field hospital this month.

सञ्चारमाध्यमले लेखेका छन्, पछिल्लोपटक विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति जेरले मास्क प्रयोग गरेको देखिएको छैन। केही हप्ता अघिमात्र राजीनामा दिएका त्यहाँका शिक्षामन्त्रीलाई मास्क नलगाएको पाइएपछि ३८७ अमेरिकी डलर जरीवाना तिराइएको थियो।

ब्राजिल कोरोनाको कारण सबैभनदा खराब हुने राष्ट्रको दोस्रो सूचीमा छ । कोरोना भाईरस ‘कोभिड – १९’ का कारण ब्राजिलमा हालसम्म ११ लाख ५१ हजार ४ सय ७९ जना संक्रमित भएका छन् ५२ हजार ७ सय ७१ जनाले ज्यान गुमाएका छन् भने ६ लाख १३ हजार ३ सय ४५ जना उपचारपछि निको भएका छन् । ८ हजार ३१८ जनाको अवस्था गम्भिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?