यस्तो छ अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७६ हजार ५ सय ८३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ९२ लाख ७१ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४९ लाख ५० हजार २ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ८२ पुगेको छ ।

बितेको २४ घण्टामा १५ हजार ७ सय ८२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ लाख ३ हजार ९ सय ३५ पुगेको छ । हालसम्म १० लाख ५ हजार ६ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?