कोरोना महामारीकाबीच मेक्सिकोमा गयो शक्तिशाली भूकम्प

काठमाडौं । मंगलवार साँझ मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।

मेक्सिकोको दक्षिणी भेगमा ७.५ म्याग्निच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ।

शुरूमा ७.७ म्याग्निच्यूड हुनसक्ने अनुमान गरिएको थियो। रोयटर्सका अनुसार भुइँचालोको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको छ ।

भूकम्पका कारण केन्द्रविन्दुबाट झन्डै ५ सय किलोमिटर टाढाको राजधानी मेक्सिको सिटीका घरहरू समेत हल्लिएका कारण मानिसहरु सडकमा तितरबितर भएका थिए ।

अहिलेसम्म पनि मेक्सिको सिटीमा ठुलो मानविय वा भौतिक क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?