बैतडी । कोरोना भाइरस (कोभिड–१९) को सङक्रमित बढ्दै गएपछि बैतडीको दशरथचन्द नगरपालिकालाई असार १६ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।
नगरभित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले भोलीदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए।
नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र सङ्क्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको छ । सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने सूचनामा उल्लेख गरिएकोे छ ।
यस्तै नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने छ । दशरथचन्द नगरपालिकामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।
यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि असार ८ गतेदेखि १५ गतेसम्मका लागि बजार क्षेत्र सिल गरेको छ । बैतडीका नौ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको र जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया