विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षक प्रविधिमा सवल बन्दै गएको बताएका छन् ।
प्रदेश १ का शिक्षकको मङ्गलवार अनलाइन परियोजना प्रश्तुति कार्यक्रममा उनले लकडाउनको अवधिमा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै उत्कृष्ट प्रस्तुतिलाई मन्त्रालयले सम्मान गर्ने बताए।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर वृद्धिमा सूचना प्रविधि तालीमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।
इक्वालिटी फाउण्डेशन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश सरकारले शुरु गरेको कार्यको प्रशंसा गरे।
प्रदेशका विभिन्न विद्यालयका शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रश्तुति गरेका थिए ।
मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेशका ६०० शिक्षकलाई सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालीम सञ्चालन गरेको छ । कार्यक्रममा ४०० बढीको सहभागिता थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया