क्वारेन्टाइनमा जन्मिए शिशु

झिमरुक । प्युठानको एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टाइनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन् ।

क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीव ८ बजे उनी सुत्केरी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए। खड्का आफ्ना श्रीमानसँग यही असार १ गते भारतबाट आई क्वारेन्टाइनमा बसेकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?