रिसर्च : वैज्ञानिकले गरे यस्तो खुलासा !

काठमाडौं । चीनको वुशान शहरमा गत वर्षको डिसेम्बर अन्तिम सातामा देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म आइपुग्दा विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

नेपालमा पनि यसको प्रकोप तीव्र गतिले फैलिँदै गईरहेको छ । यसैबीच वैज्ञानिकहरुले गरेको नयाँ रिसर्चमा कोरोना भाइरसको संक्रमण्ढा २० वर्षसम्म रहनसक्ने बताइएको छ ।

उनीहरुले आफ्नो शोधबाट उक्त कुराको पत्ता लागेको दाबी समेत गरेका छन् । यो रिसर्च चीनका वैज्ञानिकहरुले गरेका हुन् ।

जसपछि माछा मासु र सीफूड मार्केटमा दिशा निर्देशन गरिएको छ । वैज्ञानिकहरु लगातार कोरोना भाइरसको विषयमा नयाँ नयाँ रिसर्च गरिरहेका छन् ।

२० वर्षसम्म जीवित रहन सक्छ कोरोना

चीनका कोभिड १९ एक्सपर्ट प्रोफेसर ली ल्यानजुआनले कोरोना भाइरसको संक्रमण २० वर्षसम्म रहन सक्ने दाबी गरेका छन् ।

यस्तो त्यो बेला हुनेछ जुन बेला तापक्रम माइनस २० डिग्री रहनेछ भन्दै उनले कोरोना भाइरसको संंक्रमण २० वर्ष सम्म रहने दाबी गरेका हुन् ।

चीनको सरकारी मिडिया चाइना न्युजका अनुसार पूर्वी चीनको ह्यान्गझोउमा यो कुरा वैैज्ञानिकहरुको बैठकबाट खुलासा भएको थियो ।

वैज्ञानिकहरुले कम तापक्रममा कोरोना भाइरस २० वर्षसम्म रहने चेतावनी दिएका छन् ।

ल्यानजुआनले वातावरण यदि धेरै नै चिसो भयो भने कोरोना भाइरसको संक्रमण वर्षौंसम्म रहने चिन्ता व्यक्त गरेका छन् । रिसर्चमा कोरोना भाइरस चिसो वातावरणमा अनुकुल रहने कुरा पत्ता लागेको छ ।

तापक्रमको हिसाबमा जीवित रहन्छ कोरोना भाइरस

ल्यानजुआन र उनको टिमले धेरै रिसर्च गरेपछि यो कुराको दाबी गरेका छन् । उनले भाइरस फरक फरक तापक्रममा अनुसन्धान गरेको बताएका छन् ।

जसबाट उनलाई माइनस ४ डिग्री तापक्रममा केहि महिनामात्र कोरोना भाइरस जीवित रहने र माइनस २० डिग्री तापक्रममा २० वर्षसम्म कोरोना भाइरसको संक्रमण रहिराख्ने कुरा पत्ता लागेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?