काठमाडौं । जापानी समुन्द्रमा घुस्न थालेको चिनियाँ पानी जहाजलाई जापानी नौसेनाले लखेटेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानी विध्वंशक युद्धपोत कागाले दक्षिणी जापानको ओकिनावा द्वीपको नजिक चिनियाँ पानी जहाज रहेको पुष्टि गरेपछि जापानी नौसेनाले जहाज लखेटेका हुन् ।
उक्त स्थानमा चिनियाँ पानी जहाज देखेपछि जापानी नौसेनाले आफ्नो पेट्रोलिंग एयरक्राफ्टको मद्दतबाट चिनियाँ जहाजलाई लखेटेको पुष्टि गरेको छ ।
यो भन्दा पहिला सन् २०१८ मा पनि जापानले चीनको पानी जहाज आफ्नो जलसीमामा आएको भन्दै नियन्त्रणमा लिएको थियो ।
ओकिनावामा इशिगाकी सिटी काउन्सीलले एक बिललाई पास गरेसँगै सेन्काकुस द्वीपमा जापानको नियन्त्रणमा मजबुबी प्रदान गरेको छ । जसका कारण चीनले विरोध जनाएको छ ।
चीनले दियो चेतावनी
सिटी काउन्सीलको बिल प ास भएपछि बेइजिंगले टोक्योलाई आइल्याण्ड चेनमा कुनै पनि किसिमले परिवर्तन गर्ने चेतावनी दिएको थियो ।
साथै चिनियाँ पत्रिका ग्लोबल टाइम्सले पनि जापानलाई सीमामा रहन चेतावनी दिएको थियो ।
बेइजिंगले जापानलाई दियोओयू आईल्याण्डमा कुनै किसिमको परिवर्तन वा नयाँ परिवर्तनबाट बच्न भन्दै पूवी चीन सागरमा स्थिरताका लागि व्यवहारीक कारवाही गर्न सुझाएको थियो ।
त्यो बाहेक बेइजिंगले जापानलाई चार सिद्धान्त सहमतीको पालना गर्न सुझाएको थियो ।
पूर्वी चीन सागरको द्वीपलाई लिएर विवाद
जापान र चीनको बीचमा पूर्वी चीन सागका केहि द्वीपलाई लिएर बितका केहि वर्ष यता विवाद हुँदै आईरहेको छ ।
एक तिर जापान सेन्काकुस भन्छ भने चीनले दियाओयुस भन्दै आएको छ । यसमा सन् १९७२ बाट जापानको कब्जा रहेको छ ।
त्यस्तै चीनले यो द्वीप आफ्नो अधिकारमा भएको दाबी गर्दै आएको छ । चीन र जापानबीचमा सन् २०१२ देखि तनावपूर्ण अवस्था बन्दै आएको देखिन्छ ।
त्यो बेला जापानले द्वीपलाई राष्ट्रियकरण गरेपछि उक्त विवाद चुलिँदै गएको हो । त्यसपछि चीनले जापानसँग उच्च स्तरीय वार्ता गर्न इन्कार गरेको थियो ।
अहिले उक्त द्वीपहरुको रेखदेख जापानी नौसेनाले गर्दै आएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया