काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा भएको हिंसात्मक झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चीन र भारत सीमावर्ती क्षेत्रमा भएको हिंसात्मक झडपको भएको दाबी गरिरहे पनि अहिलेसम्म भारतीय सेनाहरुले भने यसको आधिकारिक अभिव्यक्ति दिईसकेका छैनन् ।
भिडियोमा दुबै देशका सैनिकहरु झगडा गरिरहेको देख्न सकिन्छ । यो भिडियो १५ जूनमा चीन र भारतको सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीको भएको दाबी गरिएको छ ।
भिडियोमा सैनिकहरु मास्क लगाएको देख्न सकिन्छ । १५ जूनका दिन गलवान घाटीमा दुबै देशका सेनाको बीचमा भएको झडपमा २० भारतीय सेना र चीनका कमान्ङि अफिसर सहित दुई सैन्य अधिकारीहरुको मृत्यु भएको थियो ।
५ मिनेटको यो भिडियोमा दुबै देशका सैनिकहरुको बीचमा बहस र झगडा शुरु भएको देख्न सकिन्छ । भिडियोमा भारतीय सैनिक चीनबाट फर्किने कुरा पनि बताइएको छ ।
एजेन्सीको सहयोगमा
Indian Army Jawan seen asking the Chinese PLA soldier: ‘GolGuppe Khayega?’ 😅 pic.twitter.com/SqZaIi6hDY
— POONAM (@BlackWarrior_28) June 22, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया