काठमाडौं । बाँके प्रहरीले पाँच जनाको हत्या र बलात्कार लगायत ९ वटा मुद्दाका फरार अभियुक्त धर्म सिंहका नामले कुख्यात राजेश यादवलाई आज बिहान पक्राउ गरेको छ ।
प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका यादव अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने सहित ९ वटा मुद्दाको फरार अउद्योग, बम विष्फोट, हात हतियारलगायतभियुक्त रहेको र आज बिहान करिव ३ बजेको समयमा बाँकेको गडुवा गाउँपालिकाबाट पक्राउ गरिएको त्यहाँका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । गत शुक्रबार मात्रै सरुवा भइ आएका एसपी रानाले यादव भारतबाट घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरिएको बताए ।
पुरैनी भन्ने स्थानका युवा बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई गरिएको पक्राउलाई प्रहरीले ठूलो सफलता हात पारेको दावी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया