आजको मौसम : छिनछिनमै मौसम बदली हुने

काठमाडौं । मनसुन सुरु भईसकेको छ । कतै बाढी कतै पहिरोका समाचार आउन थालिरहेका छन् ।

यसैबीच आज पनि छिनछिनमा मौसम बदली हुनेछ ।

अहिले पनि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसम पुर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुरमा भारी वर्षा हुनेसक्ने जनाईएको छ ।

नदीमा पानीको बहाव बढ्ने भएकाले छेउछाउका बस्तीमा थप सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?