अमेरिकी भिसा सम्बन्धि राष्ट्रपति ट्रम्पको नयाँ घोषणा, कुन – कुन भिसा प्रभावित हुनेछन् ?

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ व्यक्तिलाई अमेरिकी कामदार भिसामाथि लगाइएको प्रतिबन्धलाई यो वर्ष (अंग्रेजी वर्ष) को अन्त्यसम्म जारी राख्ने बताएका छन् ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीका अनुसार यसले दक्ष जनशक्तिका लागि एच वान बी भिसा, कम्पनीभित्र कम्पनीलाई ट्रान्सफर गर्ने एल–वान भिसा, शिक्षा क्षेत्र र अनुसन्धान क्षेत्रका लागि प्रदान गरिने जे भिसा र मौसमी कमदारका लागि एच–२ बी भिसालाई प्रभावित पार्नेछ ।

भिसामा प्रतिबन्धका कारण पाँच लाख पच्चिस हजार जागिर अमेरिकी नागरिकका लागि उपलब्ध हुने अनुमान अमेरिकी अधिकारीले गरेका छन् । कोरोना भाइरसको समयमा अमेरिकी बेरोजगारका लागि राहत हुने उदेश्यले यसो गरिएको हो ।

यद्यपि, यो प्रतिबन्धमा खाद्य प्रशोधन क्षेत्रमा काम गर्ने व्यक्तिले भने छुट पाउन सक्ने बिबिसीले लेखेको छ । अमेरिकी जनताले कोरोना महामारीपछि छिटो काम पाउन मद्दत गर्ने मनसायले यो निर्णय गरिएको हो ।

कोरोना भाइरसको संकटको समयमा डोनाल्ड ट्रम्पले विदेशी नागरिकको स्थायी निवासको सुविधामा तत्कालिक रुपमा प्रतिबन्ध लगाउने घोषणा गर्न सक्ने अनुमान पनि भएको छ ।

यसअघि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो निर्णय गर्नसक्ने संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?