काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख ७४ हजार ३३९ जनाको मृत्यु भईसकेको छ भने ९१ लाख ८७ हजार ८६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४९ लाख ३७ हजार २७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १४ हजार १५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ४० हजार ४५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ लाख ४८ हजार १३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
भारतमा सोमवार मात्रै १३ हजार ५४० जना संक्रमित थपिएका छन् भने ३१२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया