काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ४ लाख ७४ हजार ३३९ जनाको मृत्यु भईसकेको छ भने ९१ लाख ८७ हजार ८६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४९ लाख ३७ हजार २७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख २२ हजार ६१० जनाको मृत्यु भईसकेको छ भने २३ लाख ८८ हजार ३४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १० लाख २ हजार ९२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार २६८ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ११ हजार ९७२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १ लाख ८४ हजार ९५ जनालाई संक्रमण भएको छ भने ५ हजार ५६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै न्यूजर्सीमा १ लाख ७२ हजार ३९० जनालाई संक्रमण भएको छ भने १३ हजार ३० जनाको मृत्यु भईसकेको छ ।
अमेरिकामा सोमवार ३१ हजार ४९६ जना संक्रमित थपिएका छन् भने ३६३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया