काठमाडौँ उपत्यकाका यी ३ स्थानमा बन्ने भयो ‘फ्लाई ओभर’

सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ ।
व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ ।
विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ ।
चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए ।
चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ । गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?