सुन प्रतितोला ९१ हजार पुग्यो, अझै बढ्ने

घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ,
विश्वबजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ । कान्तिपुर दैनिकमा खबर छ । आउँदा दिनमा बजारमा सुनको मूल्य थप बढ्ने अनुमान गरिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?