पाकिस्तान र बंगलादेशका कामदारलाई कोरियामा प्रतिबन्ध

रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरिया पुगेका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोनाभाइरस संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ ।
शनिबार र आइतबार दुबै देशबाट आएका ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुबै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया जान प्रतिबन्ध लगाइएको हो । संक्रमणको जोखिमका कारण ती देशबाट कोरिया आउन भिसा लगाएको हरुको पनि भिसा रद्द गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?