कोरोना अपडेटः विश्वभर ९१ लाख १३ हजार बढीमा फैलियो संक्रमण, कुन देशको अवस्था कस्तो ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७१ हजार ८ सय ४९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ९१ लाख १३ हजार ८२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४८ लाख ८४ हजार ३ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ८ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ३ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा १० हजार ३ सय संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ६६ हजार ९ सय ५७ पुगेको छ । हालसम्म ९ लाख ८४ हजार २ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय २६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण हालसम्म ५० हजार ७ सय ३७ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ३ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण देखिएको र ७८ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १० लाख ९० हजार ३ सय ४९ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ५ लाख ७९ हजार २ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म ५ लाख ९२ हजार २ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ६ सय जनामा कोरोना संक्रमण देखिएको र ९५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार २ सय ६ जनाको ज्यान गएको र संक्रमितमध्ये ३ लाख ४४ हजार ४ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा ८ हजार ६ सय ५० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३५ हजार ५ सय ६० पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १३ हजार ८ सय ७६ जनाको ज्यान गएको र २ लाख ४५ हजार २ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण १ सय ७३ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ६ सय ४७ पुगेको छ । बितेको २४ घण्टामा ९ सय ५८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५ हजार २ सय ८९ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १५ जनाले ज्यान गुमाएको र संक्रमितमध्ये ३ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा बितेको २४ घण्टामा २ सय ३२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९३ हजार ५ सय ८४ पुगेको छ । हालसम्म २८ हजार ३ सय २४ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र १ जना मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४५ पुगेको छ । हालसम्म २ लाख ५४ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ४१ हजार ९ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय ५७ पुगेको छ । बितेको २४ घण्टामा २ सय २१ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार ७ सय २० पुगेको छ । हालसम्म १ लाख ८३ हजार ४ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ सय २७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?