भारतमा बितेको २४ घण्टामा थपिए ८ हजार बढी कोरोना संक्रमित

काठमाडौं । छिमेकी देश भारतमा बितेको २४ घण्टामा ८ हजार ६ सय ५० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३५ हजार ५ सय ६० पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १३ हजार ८ सय ७६ जनाको ज्यान गएको र २ लाख ४५ हजार २ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण १ सय ७३ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ७१ हजार ८ सय ४९ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ९१ लाख १३ हजार ८२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ४८ लाख ८४ हजार ३ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ८ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?