सिरहा । सिरहामा थप २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस सिरहाको क्वारेन्टाइनमा ४ जना महिला र १९ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा ८ देखि ७५ वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादवले जानकारी दिए । हिजो मात्र सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखीका ४ महिला सहित ५२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको कुल संख्या ९९ पुगेको छ । हाल सम्म ५२ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय सिरहाको प्रमुख यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया