चीन-भारत सीमा विवाद : गलवान घाटीमा दुबै देशका एक/एक हजार सैनिक तैनाथ

चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा १५ जूनमा हिंस्रक झडप भयो ।

लद्दाखको गलवान घाटीमा भएको उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भयो भने ४३ चिनियाँ सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यद्यपी चीनले आधिकारीक रुपमा भने आफ्ना कति सैनिकको मृत्यु भयो भन्ने बारेमा भने कुनै अभिव्यक्ति दिईसकेको छैन ।

त्यसपछि अहिलेसम्म त्यहाँको स्थिती सामान्य रहेको बताइएको छ । दुबै देशको सीमामा एक एक हजार सैनिक तैनाथ गरेका छन् ।

गलवान घाटीको पीपी १४ क्षेत्रमा अहिले दुबै देशका सेनाहरुले लडाकू विमान तैनाथ गरेर सीमा सुरक्षामा खटिएका छन् ।

त्यति मात्रै होइन शहिदको बलिदान त्यत्तिकै खेर नजाने कुरा भारतीय प्रधानमन्त्रीले राखिसकेका छन् भने भारतीय वायुसेनाले जवाफका लागि आफू तयार रहेको समेत बताइसकेको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह तीन दिवसीय रुस यात्रामा आज रुस प्रस्थान गरेका छन् ।

उनी सन् २०१८ मा रुससँग भएको ‘एन्टी मिसाइल सिस्टम’ ‘एस-३००’ ‘एस-४००’ डेलिभरी गर्न रुस गएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

दुबै देशले सीमावर्ती क्षेत्रमा आफ्ना सैनिक मजबुत गर्नमा व्यस्त छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?