बहराइनमा नेपाली लिन पहिलोपटक पुग्यो नेपाल एयरलाइन्स

काठमाडौं । कोरोना भाइरस महामारीको कारणले बहराइनमा अड्किएका नेपालीहरुलाई नेपाल ल्याउन नेपाल एयरलाइन्सको जहाज आइतवार साँझ बहराइनको लागि उडेको छ ।

जहाज आज (सोमवार) करिव एक सय पचास जति नेपालीहरु बोकेर काठमाडौं फिर्ता हुनेछ । बहराइनमा अडकिएका नेपालीको उद्दारका लागि “हाम्रो साथ ,आमाको काख “ नामक अभियानले सहजीकरण गरेको थियो ।

१५१ जना नेपाली फर्कने तयारी भए पनि उक्त संख्या भने अन्तिम टुंगो लागेको छैन । केही कारणले संख्या तलमाथि हुन सक्ने अभीयानले बताइएको छ । लामो प्रयासपछि घर फर्कन पाउँदा नेपालीहरु खुशी भएको बताए ।

जहाज चार्टरको व्यवस्थापनको जिम्मा पाएको ‘Geoland holidays and tours’  प्राइभेट लिमिटेडका संचालक शरद शर्माले आइतवार २ सय ४७ जना नेपाली साउदी अरब बाट ल्याएर नेपाल एयरलाइन्सको जहाज साँझ बहराइन उडेको बताए ।

नेपाल एयरलाइन्सले साउदीमा पनि पहिलो पटक उडान भरेको हो ,बहराइनमा पनि पहिलो पटक उडान भरेको शर्माले बताए।

व्यवसायी शर्माले भने नेपाल एयरलाइन्सले यस्ता मुलुकहरुमा नियमित उडान गरे धेरै सहज हुनेछ ।करिव ३० हजार नेपालीहरु बहराइनमा कार्यरत छन ।

अलपत्र परेका नेपालीहरुलाई घर फर्काउनको लागि संयोजन बहराइन स्थित नेपाली राजदुत पदम सुन्दासले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?