काठमाडौं । बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको विषयलाई लिएर बलिउड शोकमग्न भएको छ ।
उनको मृत्युलाई सहन नसक्दा उनकी भाउजुको मृत्यु भएको छ भने उनका केहि फ्यानहरुले समेत आत्महत्या गरेका छन् ।
अभिनेता राजपुतको आत्महत्यापछि मानिसहरु उनको मृत्युको जिम्मेवार बलिउड इण्डस्ट्रीका केहि ठूला स्टार्सहरु र प्रोडक्शन कम्पनीहरुलाई मानिरहेका छन् ।
सुशान्तको आत्महत्याको कारण जान्नको लागि पुलिस अनुसन्धानमा खटि रहेको छ ।
सुशान्त आत्महत्यको केसमा मुम्बई पुलिसले बलिउड एक्ट्रेस तथा सुशान्त सिंह राजपुतकी प्रेमीका रिया चक्रवर्तीसँग विहीवार लगभग ११ घण्टासम्म सोधपुछ गरेको थियो ।
अहिले सुशान्त आत्महत्याको प्रकरण उनी पनि भागिदार हुन सक्ने बताइएको छ ।
बिहारको मुजफ्फपुरस्थित एक अदालतमा अभिनेता राजपुतको आत्महत्या मामिलामा शनिवार एक याचिका दायर गरिएको छ ।
जसमा उनकी पूर्व गर्लफ्रेन्ड रिया चक्रवर्तीमाथि आत्महत्या गर्न उकासेको आरोप लागेको छ । उत्त, याचिका २४ जूनमा सुनुवाई हुने भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया