चीन-भारत सीमा विवाद : कसको ईसारामा भयो झडप ?

काठमाडौं । भारत-चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा केहि महिना यता विवाद जारी छ । गत हप्ताको मंगलवार भएको झडपले त झनै सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।

पूर्वी लद्दाखको गलवान घाटीमा भएको झडपमा परेर २० भारतीय सैनिक र ४३ चीनका सैनिकको मृत्यु भएको केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु र भारतीय सञ्चारमाध्यमहरुले बताइरहेका छन् । तर अहिलेसम्म चीनले भने आधिकारीक रुपमा कुनै अभिव्यक्ति दिइसकेको छैन ।

यस किसिमको हिंस्रक घटना ४५ वर्षमा पहिलोपटक भएको बताइएको छ । यसैबीच भारतीय सञ्चारमाध्यमहरुले चीन-भारत सीमावर्ती क्षेत्र गलवान घाटीमा मंगलवार भएको हिंस्रक झडप चीनका जनरल शू किलिंगको इसारामा भएको हो ।

शू किलिंगको ईशारामा नै चीनका सैनिकहरुले भारतीय सेनामाथि हमला गरेको आरोप भारतीय सञ्चारमाध्यमहरुले लगाएका छन् । त्यति मात्रै होइन शू किलिंगको सम्बन्ध पाकिस्तानसँग नजिक रहेको पनि भारतीय सञ्चारमाभ्यमहरुले बताएका छन् ।

को हुन् जनरल शू किलिंग ?

जनरल शू किलिंग चिनियाँ सेना पीपुल्स लिबरेशन आर्मीको दुई नम्बरका जनरल हुन् ।

किनभने चीनका राष्ट्रपनि शी जिनपिङ सेन्ट्रल मिलिट्रीका कमीशनका प्रमुख हुन् । किलिंगलाई जीनपिङका नजिकका व्यक्ति मान्ने गरिन्छ ।

उनी चीनका सबैभन्दा अनुभवी जनरल मध्येका एक हुन् । उनले पीएलएका पाँच थिएटर कमाण्डमा चार जिम्मेवारी सम्हालीसकेका छन् ।

उनको अनुभवलाई हेरेर जिनपिङले ५ जूनमा पश्चिमी थिएटर कमाण्डको सेनाका हेड बनाएका थिए । उनी ५७ वर्षको भएका छन् ।

लद्दाखमा भएको झडपलाई लिएर भारतीय सञ्चारमाध्यमहरुले किलिंगको रणनीतिले यो घटना भएको आरोप लगाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?