कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६७ औं स्थानमा

काठमाडौं । कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६७ औं स्थानमा परेको छ । हालसम्म विश्वका विभिन्न टापु मुलुकसहित २१५ देशमा कोरोनाको संक्रमण रहेको अवस्थामा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको सूचीको आधारमा नेपाल ६७ औं स्थानमा रहेको वर्डोमिटरर्सले जनाएको छ ।

हालसम्म नेपालमा ८ हजार ६ सय ५ जनामा संक्रमण हुनुका साथै २२ जनाको मृत्यु भएको छ । यस्तै १५७८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म २३ लाख ३० हजार बढी कोरोना संक्रमित सहित अमेरिका पहिलो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?