सुशान्त आत्महत्या प्रकरण : पुलिसले फेला पार्यो ‘कन्ट्याक्ट कपी’, १५ जनाको बयान रेकर्ड

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको खबरले अहिले सारा बलिउड शोकमा डुबेको छ ।

सुशान्तले आत्महत्या किन गरे भन्ने बारेमा भने अझैसम्म केहि तथ्य पाइएको छैन । पुलिसले सुशान्तको सुसाइडको बारेमा अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म पुलिसले १५ जनासँग स्टेटमेन्ट रेकर्ड गरेको छ । साथै पुलिसले वाईआरएफबाट कन्ट्याक्ट कपी पनि पाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार डीसिपी अभिषेक त्रिमुखीका अनुसार सुशान्त सिंह राजपुतको आत्महत्याबारे एडीआर केसमा बान्द्रा पुलिसले केहि मानिससँग बयान लिएको छ ।

उक्त मानिसहरुले दिएको जानकारीका आधारमा अहिले पुलिसले सुशान्तले किन आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

इन्भेस्टिगेशन अफिसरले सुशान्त सिंह राजपुतले साइन गरेको कन्ट्याक्ट कपी यश राज फिल्मबाट प्राप्त भएको छ ।

हालै मात्र पुलिसले सुशान्तकी नजिककी साथी रिया चक्रवर्तीलाई स्टेटमेण्टका लागि बोलाएको छ ।

उनीसँग पुलिसले ९ घण्टासम्म सोधपुछ गरेको छ । सुशान्त सिंह राजपुतले मुम्बईको बान्द्रस्थित फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी गत ६ महिना यता डिप्रेशनमा थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?