काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ६६ हजार ७२८ जनाको मृत्यु भईसकेको छ भने ८९ लाख १५ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४७ लाख ३८ हजार ६०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाबाट धेरै प्रभावित रहेको अमेरिकामा अहिलेसम्म १ लाख २१ हजार ९८० जनाको मृत्यु भईसकेको छ भने २३ लाख ३० हजार ५७८ जनालाई संक्रमण भएको छ । त्यहाँ ९ लाख ७२ हजार ९४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३१ हजार १७४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १० हजार ४३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७१ हजार ७८७ जनालाई संक्रमण भएको छ भने १२ हजार ९८५ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म ५ हजार ४९४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७४ हजार ९७८ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शनिवार ३३ हजार ३८८ जना संक्रमित थपिएका छन् भने ५७३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया