काठमाडौं । अमेरिका र रुसको बीच लगातार टकरावको स्थिती बन्दै गईरहेको छ । संसारमा ९० प्रतिशत परमाणु हतियार भएका दुबै देश एक अर्काको सीमा नजिक आवतजावत गरिरहेका छन् ।
यस्तो अवस्थामा स्थिती झनै गम्भीर बन्दै गएको छ । अहिलेको ताजा घटना अमेरिकाको अलास्का राज्यको नजिक भएको हो ।
अलास्का तटको नजिक रुसी लडाकू विमान देखिए पछि खैलाबैला मच्चिएको छ । उक्त सबै विमान परमणु हतियार भरिएका थिए ।
उक्त विमानलाई अमेरिकाका स्टील्थ फाइटर जेटले भगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो घटनाको बारेमा अमेरिकी वायुसेनाले जानकारी दिएको छ । अमेरिकी वायुसेनाले बुधवार उक्त घटना भएको बताएको छ ।
साथै रुसी विमान अलास्का तटमा अहिलेसम्म दुई पटक पुगेको बताइएको छ । जसलाई अमेरिकी एफ २२ रेप्टर विमानले भगाएको हो ।
यो हप्ता मात्रै यो दोश्रोपटक भएको र यो वर्ष ८ औँ पटक त्यहाँ पुगेको बताइएको छ । दुई हप्ता कालो सागर भन्दा माथि अमेरिकी बमवर्षक विमानले उडान भरेको थियो ।
त्यसपछि रुसी विमानले कारवाही गर्दै अमेरिकी विानलाई लखेटेको थियो ।
बमवर्षक विमान परमाणु बम लान सक्षम
अमेरिकी वायुसेनाले जानकारी दिँदै भनेको छ कि, रुसी विमा अलास्कामा २० नोटिकल मीलको सीमामा पुगेको थियो ।
रुसी विमानको बेडमा दुई टियू-९५ बमवर्षक विमान, दुई सुखोई-३५ विमान र एक ए-५० हवाई निगरानी साथै एक चेतावनी विमान शामिल थिए । उनीहरुले भनेका छन् कि, ति मध्ये टियू ९५ बमवर्षक विमान परमाणु बम लिएर जान सक्षम थियो ।
तर अमेरिकी वायुसेनाले रुसी फाइटर जेटले अमेरिकी हवाई क्षेत्रमा प्रवेश नगरेको बताएको छ । रुसी विमान पुरा समय अन्तर्राष्ट्रिय वायुक्षेत्रमा रहेको बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया