काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र लद्दाखको गलवान घाटीमा गत मंगलवार भएको हिंस्रक झडपले अहिलेसम्म पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ ।
यसैबीच चीनसँगको तनावकाबीच भारतीय वायुसेनाले चीनसँग युद्ध नभएको भए पनि आफू पुरा तयारी र तैनाथ रहेको बताएको छ ।
साथै जवाफका लागि भारतीय वायुसेनाले २ हजार फाइटर जेट देखि लिएर अपाचे हेलिकप्टरसम्म तैनाथ गरिसकेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।
पूर्वी लद्दाख क्षेत्रमा भएको तनावमा अब फेरी त्यस्तो नहोस् भनेर भारतीय वायुसेनाले आफ्नो गस्ती शुरु गरेको बताएको छ ।

अचानक भारतीय वायुसेनाले आफ्नो गस्ती शुरु गरेको कुरालाई महत्वपूर्णरुपमा हेरिएको छ । एयरफोर्सका अनुसार लद्दाखमा २ हजार विमान तैनाथ छन् भने केहि हेलिकप्टरहरु पनि तैनाथ रहेका छन् ।
त्यो बाहेक अम्बाला, आदमपुर र बरेली एयरबेसलाई पनि केहि विपरित परिस्थतीको लागि अलर्टमा राखिएको छ ।
१५ जूनमा भारत चीन सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा भएको झडपमा चीनका ४३ तथा भारतका २० सैनिकले वीरगति प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया