काठमाडौं । चीन र भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत मंगलवार भएको झडपका कारण स्थिती तनाव ग्रस्त छ ।
गलवान घाटीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारत र चीनको विवादका बीच चीनले आफ्नो युद्ध हतियार (Sharp Claw-1) प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त मिनि ट्यांक युद्ध रोबोट सानो भए पनि घातक हतियार हो । मेशिन गन र नाइट भिजन (Sharp Claw-1) चीनले सीमावर्ती क्षेत्रमा प्रदर्शन गरेको बताएको छ ।
जसमा विभिन्न सिँढीमा चढ्न, दुश्मनहरुमा नजर राख्न र एक लक्ष्यमा गोलाबारी गर्न सकिन्छ । यो मिनि रोबोटमा छ वटा पाङ्ग्रा रहेका छन् ।
जसले युद्ध मैदानसम्म जानका लागि सहयोग गर्नेछ । यो जम्मा दुई फिट लामो रहेको छ भने यसले विभिन्न प्रकार र तरिकाले हमला गर्ने तागत राख्छ ।
।
Sharp Claw-1 को विशेषता यस्तो
Sharp Claw-1 १७.६२ मिमी इलेक्ट्रो मेशिन गनको साथ चल्दछ । यसको पहिलो जानकारी सन् २०१४ मा आएको थियो । तर अहिले यसमा नयाँ टेक्निकका साथै अपग्रेड गरिएको छ ।
यो मिनि ट्यांकीको टप स्पिड ६ मिली प्रति घण्टाको आसपास रहेको छ । यसको अन्य विशेषता यो पनि छ कि, यो अध्यारोमा घुम्न र सिँढी चढ्नमा सक्षम छ ।
Sharp Claw-1 को आकार ७० सेन्टीमिटर लामो, ६० सेन्टीमिटर अग्लो र १२० किलोग्राम तौलको छ । तर यो मानिसले मात्रै प्रयोग गर्न सक्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया