डेनमार्कमा किन मारिँदै छ ११ हजार ‘मिंक’ ?

काठमाडौं । डेनमार्क सरकारले मिंक पाल्ने एक फर्ममा कोरोना भाइरसका संक्रमित पाइएपछि ११ हजार मिंक मार्नको लागि आदेश दिएको छ ।

सरकारले यो कदम जनावरबाट मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै उक्त आदेश दिएको हो ।

डेनमार्क मिंकको छाला उत्पादनमा सबैभन्दा धेरै उत्पादक देश हो । तर देशमा मिंक फर्ममा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार छिमेकी देश नेदरल्याण्ड्समा पनि १३ वटा फर्ममा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ५ लाख ७० हजार मिंक मार्ने आदेश दिइएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?