एक दिनमा विश्वभर गए ६० भन्दा धेरै भूकम्प

काठमाडौं । नेपालसहित विश्वमा बितेको २४ घण्टायता ६० भन्दा धेरै भूकम्पका झट्का महशुस गरिएको छ ।

आँकडाका अनुसार पछिल्लो २४ घण्टामा ६० भन्दा धेरै भूकम्पका झट्का आएका हुन् । नेपालमा मंगलवार दोलखामा भूकम्पको महशुस गरिएको थियो ।

त्यस्तै ताजिकिस्तानमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको बताइएको छ । सारा विश्वमा पछिल्लो समय भूकम्प तीव्र रुपमा आईरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालसहित, भारत४.४, ताजिकिस्तान ६.८, न्यूजिल्याण्डमा ४.९, जापानमा ४.७, आइल्याण्डमा ५.३, टर्कीमा ५.४ रेक्टर स्केलका भूकम्प गएका छन् ।

संसारमा सबैभन्दा ठूलो भूकम्प २२ मे सन् १९६० मा चिलीमा गएको थियो । त्यहाँ ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै चिलीपछि अमेरिकामा ठूलो भूकम्प गएको थियो । त्यहाँ २८ मार्च सन् १९६४ मा ९.२ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?