२४ दिन पछि न्यूजिल्याण्डमा फेरी भेटिए कोरोना संक्रमित

न्यूजिल्याण्डमा २४ दिन पछाडि कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज फेला परेका कोरोना संक्रमितहरु केहि दिन अगाडि मात्र बेलायतबाट न्यूजिल्याण्ड गएका थिए ।

उनीहरु कसैको अन्त्येष्टिको लागि न्यूजिल्याण्ड गएको कुरा स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

हप्ता दिन अगाडि नै न्युजिल्याण्डले कोरोना भाइरसमुक्त घोषणा गर्दै सबै प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । तर अझै पनि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा भने प्रतिबन्ध कायम रहेको छ ।

केहि दिन अगाडि मात्र न्युजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मुलुकलाई कोरोना भाइरसमुक्त घोषणा गर्दै मुलुकमा पुनः कोरोना भाइरसका संक्रमित भेटिनसक्ने चेतावनी दिएकी थिइन् ।

न्यूजिल्याण्डमा अहिलेसम्म १ हजार ५०६ जनालाई संक्रमण भएको छ भने २२ जनाको मृत्यु भईसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?