चीनमा फेरी सल्बलायो कोरोनाको महामारी, बढ्न थाले संक्रमित

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरी कोरोना भाइरसको महामारी सल्बलाउन थालेको छ ।

पछिल्लो २४ घण्टामा चीनमा थप ५७ जना नयाँ संक्रमित थपिए पछि चीनमा त्रास पैदा भएको हो ।

चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ भने ८३ हजार १३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७८ हजार ३६९ जना स्वास्थ्योपचार पछि निको भएका छन्।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख ३२ हजार ४७५ जनाको मृत्यु भईसकेको छ भने ७८ लाख ७२ हजार ६२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४० लाख ४२ हजार ४६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार १०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?