महिला शक्तिसँग हार्‍यो कोरोना !

काठमाडौं । कोरोना भाइरसको महामारीबाट सारा विश्व त्रस्त बनेको छ । सारा विश्व कोरोनाविरुद्ध लडिरहेको छ भने यसलाई फैलिनबाट रोक्नको लागि विभिन्न उपायहरु अपनाईरहेको छ । साथै यसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन् ।

यसैबीच केहि देशहरुले कोरोना भाइरसविरुद्धको लडाई कोश्ल क्षमता देखाएर रोक्न सफल भएका छन् भने केहि देशमा महामारीको अवस्था भयावह रहेको छ ।

यी सबका बीच कोरोनाविरुद्धको लडाईमा केहि देशका महिला नेतृत्वले आफ्नो कौशल क्षमताले कोरोनालाई हराउन सफल भएका छन् ।

महिला नेतृत्व सारा विश्वमा एक सफल नेतृत्व भएको पुष्टि गरेको छ । उनीहरुको अहिले सारा विश्वमा प्रशंसा र चर्चा भईरहेको छ ।

उनीहरुले कोरोनाविरुद्धको लडाई जित्नका लागि लकडाउनमा कडाई, स्वास्थ्य तन्त्रको राम्रो प्रयोग, धेरै टेस्टिङ र राम्रो तयारीका कारण कोरोनाविरुद्धको लडाई जित्न सफल भएका छन् ।

महिला नेतृत्व भएका देशका उनीहरुको रणनीतिले कम संक्रमित र कम मृतक रहेका छन् । उनीहरुको नेतृत्व रहेको देशमा अहिले स्थिती सामान्य रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेस्टिङमा तीव्रता र मृत्युदरमा कमी गराउन सफल १० देश मध्ये महिला नेतृत्वमा रहेका सात देशको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ

१.ताईवान, राष्ट्रपति त्साई इंग वेन

कोरोनाविरुद्धको लडाईमा ताइवानकी राष्ट्रपति त्साई इंग वेनले आफ्नो समझदारीबाट कोरोनाको साम्ना गरेकी छन् ।

यो भन्दा पहिला सन् २००३ देखि २००४ सम्ममा सार्स फैलिएको थियो । योबाट सिकेर यस पटक ताइवानले पुरा तयारी पहिल्यै गर्यो र कोरोनालाई हरायो ।

ताईवानले चीनको वुहानमा कोरोनाको महामारी फैलिएको थाहा पाएपछि तत्काल चीनबाट फर्किनेहरुको मेडिकल परीक्षण गर्न थालेको थियो ।

त्यति मात्रै होइन, ताइवानले चीनको भन्दा पहिला डब्ल्युएचओलाई सूचना दिइएको थियो । तर विश्व स्वास्थ्य संगठने त्यसमा कुनै पनि चासो देखाएन ।

राष्ट्रपति त्साई इंग वेनको रणनीतिका कारण तत्काल लकडाउन भयो र कोरोनालाई अहिले जित्न सफल भएको छ ।

२. न्यूजिल्याण्ड, प्रधानमन्त्री ज्यासिन्डा अर्डन

न्यूजील्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनको नतृत्व क्षमतालाई लिएर विश्वमै चर्चा भईरहेको छ ।

अर्डनले आफ्नो नेतृत्व क्षमताको परिचय दिँदै विश्वलाई महिला नेतृत्वको उदाहरण दिएकी छन् । त्यहाँ लकडाउन पूरा खुल्ला भईसकेको छ भने कोरोना भाइरस पनि पछिल्ला १७ दिन यता देखिएका छैनन् ।

उनले देशमा १०२ जनामा संक्रमण देखिए लगत्तै लकडाउन गरिन् र बाहिरबाट आफ्नो देशमा छिर्ने नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखिन् । साथै विदेशी नागरिकलाई आफ्नो देशमा आउन दिइनन् ।

जसकारण आज न्यूजील्याण्डले कोरोनाविरुद्धको युद्ध जितेको छ ।

३. नर्वे, प्रधानमन्त्री एर्ना सोलवर्ग

कोरोनाविरुद्धको लडाईमा नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गले पनि यस्तो फैसला लिइन्, जसका कारण उनको सारा विश्वमा प्रशंसा भईरहेको छ ।

एर्नाले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि देशका सबै नागरिकलाई शुरुवातमै टिभी मार्फत कोरोनाको बारेमा जानकारी गराइन् । र सबै जनताले उनले भनेजस्तो नियमको पालना गरे । उनले जानकारी मात्रै होइन, टिभी मार्फत आफ्ना जनतासँग प्रत्यक्ष लाइभमा जोडिइन् र सबैको गुनासो सुनिन् साथै त्यसको उत्तर पनि दिइन् ।

साथै उनले धेरै फोकस बच्चाहरुमा दिइन् । त्यो बाहेक एर्नाले आपत्कालीन शक्तिबाट सार्वजनिक तथा व्यक्तिगत संस्थान बन्द गराइन् । जसका कारण अहिले नर्वेमा कोरोना नियन्त्रण भएको छ ।

४. फिनल्याण्ड, सना मरिन

फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री सना मरिन संसारकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् । जो फिनयाण्डको नेतृत्व गरिरहेकी छन् ।

उनले कोरिोनाविरुद्धको लडाईमा सोसल मिडियामा लोकप्रिय मानिसहरुको साथमा आफ्ना नागरिकलाई सूचना र जानकारी दिइन् । उनको यो टेक्निक सफल साबित भयो र फिनल्याण्डमा कोरोनाको प्रकोप फैलिन पाएन ।

५. आइसल्याण्ड, प्रधानमन्त्री कात्रिन जेकोब्सदोत्तिर

कोरोनाविरुद्धको लडाईमा आइसल्याण्डकी प्रधानमन्त्री कात्रिन जेकोब्सदोत्तिरको भूमीका सह्रानीय छ ।

उनले देशका सबै नागरिकलाई परीक्षणका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराइन् । उनले हरेक नागरिकका लागि टेस्ट आवश्यक रहेको भन्दै सबैलाई परीक्षण गराइन् ।

साथै संक्रमितको सम्पर्कका मानिसहरुलाई तत्काल परीक्षण गराइन् । र उनीहरुलाई आफ्नो घरमा आइसोलेट गराइन् । जसका कारण त्यहाँ अहिले कोरोनाको संक्रमण कम मात्र छ ।

६. डेनमार्क, प्रधानमन्त्री मेटे फ्रेडरिक्सन

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले कोरोना भाइरससँग लड्नको लागि लकडाउनको पालना सबैलाई अनिवार्य गरिन् ।

त्यो बाहेक यो महामारीबाट बाहिर निस्कनका लागि आर्थिक प्याकेजको घोषणा गरिन् । उनको सरकारले मार्चमै लकडाउनको घोषणा गरिसकेको थियो ।

जब अहिले स्थिती सामान्य बन्दै गयो तब लकडाउन बिस्तारै बिस्तारै खुकुलो बन्दै गएको छ ।

७. जर्मनी, चान्सलर एन्जेला मर्केल

जर्मनीमा कोरोनाको महामारी शुरुवाती दिनमा भन्दा अहिले धेरै कम हुँदै गएको छ । महामारी फैलिएको अवस्थामा चान्सलर एन्जेला मर्केलले महत्वपूर्ण कदम उठाइन् । उनले अन्य ठूला देशको तुलनामा धेरैको स्वास्थ्य परीक्षण गराइन् ।

उनले सावधानी नअपनाए जर्मनीमा ६० भन्दा धेरुै प्रतिशत मानिसमा संक्रमण हुन सक्ने चेतावनी दिइन् र बच्नका लागि विभिन्न उपाय पनि जानकारी गराइन् । जसको परिणाम अहिले देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?