कोरोना पछि चीनमा अर्को संकट, २६ लाख मानिस प्रभावित (भिडियोमा)

कोरोना भाइरसको महामारी पछि अब चीनमा फेरी अर्को संकट थपिएको छ । लगातार भईरहेको वर्षाका कारण दक्षिण पूर्वी चीनमा मंगलवार बाढी आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गुआंग्शी, हुनान, ग्वांगडोंग र अन्य दक्षिणी प्रान्तमा भारी वर्षाका कारण २.६ मिलियन भन्दा धेरै मानिसहरु प्रभावित भएका छन् ।

त्यस्तै हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । जानकारीका अनुसार एक हजार भन्दा धेरुै घरहरु बाढीले बगाएको छ ।

४ बिलियन आरएमबी भन्दा धेरै नौक्शान भएको छ । चीनको जल संसाधन विभागका अनुसार दक्षिण चीनमा बाढीबाट ११ प्रान्तमा २६ लाख मानिस प्रभावित भएका छन् ।

१ लाख ४५ हजार ९०० हेक्टर क्षेत्रफल पनि बाढीका कारण प्रभावित भएको छ ।

एजेन्सीको सहयोगमा

https://youtu.be/t1VGPgx7wno

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?