काठमाडौं – अमेरिकाका कोरोना भाइरस ‘कोभिड- १९’ विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले महामारीको विषयमा बोल्दै संसारभर यो महामारी फैलनुको कारण खोलेका छन् । उनले अझै कोरोना भाइरसको महामारी नसकिएको भन्दै चेतावनी दिएको बिबिसीले जनाएको छ ।
उनले मंगलबार एक कन्फ्रेन्समा बोल्दै यो संकटलाई ‘सबैभन्दा नराम्रो सपना’ रहेको बताएका छन् ।
कोरोना भाइरसले चार महिनामा नै विश्वलाई तहसनहस पारिदिएको उल्लेख गरेका छन् । यति छोटो अवधिमा विश्वका लाखौं मानिस संक्रमित भएको उल्लेख गरे ।
फाउचीले विश्वभर यो भाइरसको महामारी फैलिनुको कारण रोगको संक्रमण फैलिने क्षमता र संक्रमित मानिसको विश्वभरको यात्रा मुख्य कारण रहेको बताए ।
उनले यसको खोप छिटै नै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ७३ लाख ४७ हजार ७६८ जना मानिस संक्रमित भएका छन् भने चार लाख १४ हजार २५८ जनाको मृत्यु भएको छ । ३६ लाख २५ हजार २६७ जना उपचारपछि निको भएका छन् । वल्र्डोमिटरका अनुसार ५४ हजार ३४ जना गम्भिर बिरामी परेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । यस समाचारबारे थप जान्नको लागि माथि दिईएका लिंकब्याकमा क्लिक गर्नुहोस् ।
https://edition.cnn.com/videos/health/2020/06/10/anthony-fauci-covid-worst-nightmare-sot-vpx-sot.cnn
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया