काठमाडौं । कोरोना भाइरस र अन्य क्षेत्रीय मुद्दाहरुलाई लिएर अमेरिका सहित अन्य आठ देशहरुले एक रणनीति बनाएर गठबन्धन तयार गरेका छन् ।
विश्वका आठ लोकतान्त्रिक देशहरुका वरिष्ठ सांसदहरुले अन्तर संसदीय गठबन्धको शुरुवा गरेका छन् ।
चीनको प्रभावकारितालाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय व्यापार, सुरक्षा र नागरिक अधिकारका लागि पैदा हुनसक्ने खतरासँग लड्न र जवाफ दिन भन्दै गठबन्धन तयार गरेका हुन् ।
ब्लूमवर्गको रिपोर्टका अनुसार अन्तर संसदीय गठबन्धन शुक्रवार लञ्च गरिएको हो । यो गठबन्धन यस्तो समयमा बनाइएको हो, जब अमेरिका र चीनको बीचमा आर्थिक गतिविधिलाई लिएर तनाव जारी रहेको छ ।
केहि दिन अगाडि मात्रै चीनले हङ्कङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेको छ । साथै राष्ट्रिय गानलाई लिएर एक बिल पारित गराएको छ ।
यसलाई लिएर अमेरिका तथा बेलायतले निन्दा गरेको थियो । अमेरिकाले चीनको यस कदमलाई शहरको स्वायत्तताका लागि खतरा भएको बताएको थियो ।
Today we launch #IPAC#standtogether pic.twitter.com/bt19tb3bVB
— Inter-Parliamentary Alliance on China (@ipacglobal) June 4, 2020
इन्टर पार्लामेन्टरी अलायन्स अन चाइना (आईपीएसी) मा अमेरिका, जर्मनी, बेलायत, जापान, अष्ट्रेलिया, क्यानडा, स्विडेन, नर्वे र यूरोपका संसद सदस्यहरु रहेका छन् ।
यस अलाएन्सको उद्देश्य चीनसँग जोडिएका मुद्दामाथि सक्रियतापूर्वक रणनीति बनाएर चीनलाई घेर्नु रहेको छ ।
अमेरिकाको रिपब्लिकन पार्टीका सीनेटर मार्को रुबियो (आईपीएसीका सह अध्यक्षमा सहभागी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया