काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्वीटरको बीचमा विवाद झनै बढ्दै गईरहेको छ । फेरी एक पटक ट्वीटरले राष्ट्रपति ट्रम्पलाई कारवाही गरेको छ ।
ट्वीटरले ठूलो कदम उठाउँदै ट्रम्पको एक भिडियो डिलिट गरेको छ । डोनाल्ड ट्रम्पको अभियान टीमको तर्फबाट अश्वेत नागरिक जर्ज फ्लोयडलाई श्रद्धाञ्जली दिएको एक भिडियो ट्वीटरले हटाईदिएको हो ।
ट्रम्पले अपलोड गरेको उक्त भिडियो ट्वीटरले कपी राइटको संज्ञा दिँदै हटाईदिएको छ । यो भिडियोमा अमेरिकी राष्ट्रपति ट्रम्प र उनका छोरा डोनाल्ड जुनियर सहित अन्य मानिसहरुले ७ हजार पटक रिट्वीट गरेका छन् ।
उक्त भिडियो ४ मिनेटको थियो । जसमा अशान्ती र चोरीका दृश्यहरुको बीच कट्टरपन्थी वामपन्थी समूहबाट हिंसाको बारेमा चेतावनी दिनुपूर्व ट्रम्प त्रासको कुरा गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनको तस्वीर देखाउँछन् ।
ट्वीटरले हटायो भिडियो
ट्रम्पको टिमको तर्फबाट पोस्ट गरिएको उक्त भिडियोलाई ट्वीटरले डिजेबल गर्दै लेखेको छ, कपीराइट मालिकको दाबीको आधारमा यो भिडियो डिजेबल गरिएको छ । तर यो भिडियो अहिले राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा उपलब्ध छन् ।यो भिडियोमा शुरुमा फ्लोयडको तस्वीर रहेको छ ।
यो भन्दा पहिला ट्रम्पको दुई ट्वीटलाई लिएर विवाद भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको सम्बन्धमा दुई ट्वीट गरेका थिए ।
जसलाई लिएर ट्वीटरले एक ट्वीट हाइड गरिदिएको थियो । नियमको उल्लंघन गरिएको भन्दै ट्वीटरले ट्रम्पको उक्त ट्वीट हाइड गरेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया