काठमाडौं । अमेरिकामा यस वर्षको अन्तिममा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । कोरोना भाइरसको यो अवस्थामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यालाई लिएर अहिले विभिन्न ठाउँमा प्रर्दशन भईरहेको छ ।
यसले अमेरिकाको चुनावी अभियानमा ग्रहण लगाईदिएको छ । साथै दोश्रो तर्फ चुनावी अभियानमा ईरानी र चिनियाँ ह्याकरले निशाना साँधेका छन् ।
गूगलको थ्रेट एनालिसिस ग्रुपका सदस्य शेन हन्टलेका अनुसार चिनियाँ सरकारसँग जोडिएका ह्याकर्सहरुले हालै मात्र डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बिडेनको प्रचार टिमको ईमेल अकाउण्टलाई निशाना साँधिएको छ ।
साथै ईरानी सरकारसँग जोडिएका ह्याकर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानसँग जोडिएका मानिसहरुके ईमेल अकाउण्ट ह्याक गर्ने प्रयाश गरिरहेका छन् ।
यो भन्दा पहिलाको चुनावमा पनि ह्याकिंग भएको थियो । जसमा राष्ट्रपति ट्रम्पलाई उनले रुसको मद्दतबाट राष्ट्रपतिको चुनाव जितेको बताइएको थियो ।
साइबर सिक्योरेटी अपनाउन सल्लाह
गूगलको थ्रेट एनलिस्ट ग्रुपका अनुसार दुबै पार्टीका चुनावी अभियानसँग जोडिएका मानिसहरुले मजबुत साइबर सिक्योरेटी अपनाउन अनुरोध गरिएको छ ।
त्यो बाहेक ईमेलको लागि टू फ्याक्टर अथनेक्सनको प्रयोग गर्नेको सल्लाह दिएका छन् ।
ईरान र चीनसँग जोडिएका छन् ह्याकर्स
हन्टलेका अनुसार यी ह्याकर्स चिनियाँ र ईरानी सरकारसँग जोडिएको बताइएको छ । Apt31 लाई चिनियाँ सरकारको निकट मानिएको छ भने Apt35 लाई ईरानी सरकार निकट मानिएको छ ।
Recently TAG saw China APT group targeting Biden campaign staff & Iran APT targeting Trump campaign staff with phishing. No sign of compromise. We sent users our govt attack warning and we referred to fed law enforcement. https://t.co/ozlRL4SwhG
— Shane Huntley (@ShaneHuntley) June 4, 2020
चुनावमा पनि ह्याक भएको थियो ईमेल
वास्तविकता यो हो कि, सन् २०१६ मा राष्ट्रपति चुनावको बेला डेमोक्र्याटिक पार्टीका उम्मेद्वार हिलारी क्लिन्टनको ईमेललाई रुसका ह्याकर्सले ह्याक गरेका थिए ।
त्यस बेला धेरै विवाद पनि भएको थियो । पछि त्यसबारेमा अनुसन्धान भएको थियो । साथै उक्त मेल त्यसबेला जानबुझ लिक गरिएको थियो ।
त्यो बेला राष्ट्रपति ट्रम्प र रिपब्लिकनले एक युक्रेनियन कम्पनीलाई ह्याकिंगको जिम्मेवारी ठहर्याएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया