काठमाडौं – जनकपुरबाट अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ परेका छन् । महोत्तरी लोहरपट्टी नगरपालिका–८ भम्रपुरा बस्ने डिके भनिने २० वर्षीय अजिजुल राइन जनकपुर उपमहानगरपालिका–१७ बलौनीबाट पक्राउ परेका हुन् ।
उनको साथबाट एक थान अटोमेटिक पेस्तोल, म्यागजिन ३ थान, गोली ५ राउन्ड र चक्कु १ थान बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।
ज ४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनको साथबाट हतियार फेला पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया