एघार सय वर्ष पुरानो शिवलिङ्ग फेला

काठमाडौं । भियतनाममा नवौँ शताब्दीको शिवलिङ्ग फेला परेको छ । भारतीय पुरातत्व विभागले गरेको एक संरक्षण परियोजनामा उक्त शिवलिङ्ग फेला परेको हो ।

भियतनामको माई सन मन्दिर परिसरमा उक्त शिवलिङ्ग फेला परेको हो । उक्त शिवलिङ्ग बालुवा र ढुङ्गाबाट निर्मित छ ।

अहिलेसम्म शिवलिङ्गमा केहि पनि नोक्शान नभएको बताइएको छ । माई सनलाई एक यूनेस्कोले विश्व धरोहर केन्द्रको रुपमा सूचीकृत गरेको छ ।

जहाँ दशौँ शताब्दीमा निर्मित हिन्दू मन्दिरहरु रहेका छन् । यो फोटो भारतीय विदेश मन्त्री एस जयशंकरले आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?