बाँके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो (नामावलीसहित)

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । उनीहरु दाङ, सल्यान र रोल्पाका छन् । यसैबीच प्रहरीले दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक गरेको छ।
मृतक दुई जनाको मात्रै सनाखत भएको छ  : 
दानबहादुर खड्का, दैलेख (सवारी चालक )
पवनबहादुर भण्डारी, सुर्खेत (सहचालक)

घाइतेहरुको नामावली :

४५ वर्षीय मेघराज केसी, दाङ, धर्ना ४
३९ वर्षीय विष्णु गिरी, दाङ, तुलसीपुर उपमहानगरपालिका
२१ वर्षीय जीवन घर्ती, दाङ, राजपुर २
२० वर्षीय दिपेश चौधरी, दाङ राजपुर गाउँपालिका ६
२३ वर्षीय रुपलाल केसी, दाङ तुलसीपुर उपमहानगरपालिका २
२० वर्षीय भरत थापा, दाङ

१७ वर्षीय सुनिल परियार, रोल्पा, त्रिवेणी गाउँपालिका ७
२० वर्षीय वीरेन्द्र परियार रोल्पा, त्रिवेणी गाउँपालिका ७
१८ वर्षीय पुरन परियार रोल्पा, त्रिवेणी गाउँपालिका ७

५२ वर्षीय नर बहादुर विक, रोल्पा कुरैति गाउँपालिका २
४० वर्षीय दिल बहादुर विक रोल्पा जिल्ला टुटु ८
२० वर्षीय मिनराज विक सल्यान, कुपिण्डेदह गाउँपालिका
(उमेर नखुलेका) तेज बहादुर बुढाथोकी, सल्यान सिद्धकुमाख गाउँपालिका ५
२८ वर्षीय लोकेश घर्ती सल्यान, सिद्धकुमाख गाउँपालिका ४
२६ वर्षीय निम बहादुर बादी, सल्यान, सिद्धकुमाख गाउँपालिका ५
१८ वर्षीय देवेन्द्र बुढाथोकी सल्यान, सिद्धकुमाख गाउँपालिका ५
१७ वर्षीय ज्ञान बहादुर बोहरा सल्यान, सिद्धकुमाख गाउँपालिका ५
१८ वर्षीय धन बहादुर बोहरा, सल्यान
५२ वर्षीय दीप बहादुर बुढा, सल्यान
(उमेर नखुलेका) टीका चलाउने, सल्यान, शारदा गाउँपालिका ६
(उमेर नखुलेका) शिव भण्डारी, सल्यान

मध्यरातमा भएको थियो दुर्घटना :
गए राति भएको सडक दुर्घटना तिव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?