कोरोना महामारीमा राष्ट्रपति कार्यालयमा १ करोडको गलैंचा फेरिँदै

देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले
गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ ।
तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको छ ।

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालय डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो ।

उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिरहेको छ । नयाँ पत्रिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?