लकडाउनमा विदेशबाट नेपालीलाई उद्धार गर्न दैनिक ७ उडान

सरकारले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने भएको छ ।
मन्त्रिपरिषद्ले भारतबाहेकका मुलुकबाट नोली नागरिकलाई ल्याउन दिनमा प्रतिमुलुक एकका दरले १० उडानको अनुमति दिन सकिने निर्णय गरेको छ ।
सरकारले जारी गरेको स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेशअनुसार कुनै मुलुकबाट यात्रु आउने अवस्था नरहे एक दिनमा कुल १० उडान नबढ्ने गरी धेरै यात्रु भएका मुलुकबाट थप उडान गर्न पाइने छ ।
स्वदेश आउने व्यक्तिगत उडानअघि कोभिड १९ संक्रमण नभएको स्वस्थ्य परीक्षण प्रमाण हुनुपर्नेछ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?