काठमाडौं । कोरोना भाइरसका कारण सारा विश्व अहिले त्रस्त बनेको छ । महामारीलाई मध्यनजर गर्दै अधिकांश देशहरुले कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि पूरा देश लकडाउन गरेका छन् ।
यसैबीच कोरोना भाइरसका कारण देशमा आएको संकटलसँग प्रत्नरत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमाथि हमला भएको बताएका छन् ।
अमेरिकामा कोरोना भाइरसका कारण ४७ हजार ६८४ जनाको ज्यान गएको छ भने ८ लाख ४९ हजार ९२ जनलाई संक्रमण भएको छ ।
राष्ट्रपति ट्रम्पले बुधवार ह्वाईट हाउसमा हुने दैनिक संवाददाता सम्मेलनमा भने, ‘हामीमाथि हमला भएको छ,कोरोना भाइरस कनै फ्लू नभएर हमला हो, कहिल्यै कसैले यस्तो देखेका थिएनन्, सन् १९१७ मा यस्तो देखिएको थियो ।’
उनले आफ्नो प्रशासन वैश्विक महामारीबाट प्रत्यक्ष रुपमा प्रभावित भएका मानिसहरु र उद्योगलाई सहयोग गर्ने बताए ।
उनले भने, ‘हामीसँग कुनै विकल्प बाँकि भएन, मलाई सधैँ हरेक कुराको चिन्ता हुन्छ, हामीले यो समस्यासँग एकजुट भएर लड्दै महामारीबाट मुक्ति पाउन आवश्यक छ ।’
विश्वको इतिहासमा अमेरिकाको अर्थव्यवस्था सबैभन्दा धेरै रहेको बताउँदै ट्रम्पले चीन वा अन्य देशको भन्दा अमेरिकाको अर्थव्यवस्था राम्रो रहेको बताए ।
उनले भने, ‘हामीले तीन वर्ष लगाएर यसलाई स्थापना गरेका छौँ, त्यसैले झनै मजबुत किसिमले आफ्नो अर्थव्यवस्थालाई जोगाउनु पर्दछ ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा कोरोना संक्रमितको केसहरु कम हुँदै गएको बताउँदै कोरोनाबाट सबैभन्दा प्रभावित देश भए पनि अबको अवस्था स्थिर रहने बताएका छन् ।
सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ८५ हजार ५०४ जनाको ज्यान गएको छ भने २६ लाख ६१ हजार ५०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख ३० हजार ७२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ९६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया