काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत पर्ने नागर्जुन नगरपालिका वडा नम्बर १ इकाईसमितिले आज वडामा बसोबास गर्ने १३० परिवारलाई राहत हस्ताण्तरण गरेको नेपाली कांग्रेसका नेता सबिन तामाङले बताए ।

नागर्जुन नगरपालिकाका मेयर मोहन बस्नेत ,वडा अध्यक्ष रामचन्द्र लामा,वडा सदस्य रामेश्वर लामा,कांग्रेस स्थानिय नेताहरु दीपक सिम्खडा,कृष्ण प्रसाद सोति,बलराम लामाको उपस्थितिमा राहत वितरण गरिएको हो ।

राहतमा प्रत्येक परिवारलाई चामल ३० केजिको १ बोरा, दाल दुइ केजी, नुन १ केजी,तेल १ लिटर,मसला,साबुन लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया