कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या २४ घन्टामा दोब्बरले वृद्धि

लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या सोमवारको तुलनामा ह्वात्तै बढेको छ ।

बितेको २४ घन्टाभित्र बेलायतको अस्पतालमा कोरोनाबाट थप ८ सय ७३ जनाले ज्यान गुमाएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ। उक्त तथ्यांकमा भने आएरल्याण्डको मृतकको संख्या भने सामेल गरिएको छैन ।

जानकारी अनुसार बितेको २४ घन्टाभित्रमा इंग्ल्याण्डमा ७७८ जना, स्कटल्याण्डमा ७० जना र वेल्समा २५जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । सोमवार सार्वजनिक तथ्यांक अनुसार गएको दुई सातामध्यकै सबैभन्दा कम मृत्यु भएको उल्लेख गरिएको थियो ।

मंगलवार सार्वजनिक तथ्यांक सोमवारको तुलनामा झन्डै दोब्बर पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म बेलायतमा मृत्यु हुने कुल संख्या १७ हजार ४ सय ८ पुगेको छ ।

हाल सार्वजनिक तथ्यांकमा प्राइभेट रेसिडेन्ट तथा केयर होममा मृत्यु हुनेको संख्या उल्लेख नगरिएको र उक्त संख्या गत अप्रिल १० सम्ममा ४१ प्रतिशतले बढी रहेको बताइएको त्यहाँको सञ्चार माध्ययमले जनाएका छन्। गत अप्रिल १० सम्म सरकारी अस्पतालको तथ्यांक अनुसार ९ हजार २ सय ८८ जनाको मृत्यु भएको देखाइएको भए पनि उक्त संख्या १३ हजार १ सय २१ रहेको नेशनल स्टाटिस्टिकको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकमा बेलायतयुरोपकै दोस्रो स्थानमा हुन् सक्ने अनुमान लगाइएको छ । यसरि हेर्दा बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार भन्दा पनि हुनसक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?