काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको औषधि र भ्याक्सिन विश्वका बैज्ञानिक र डाक्टरको खोजीको विषय बनेको ३ महिना भइसक्यो तर विभिन्न दावीहरु मिडिय मार्फत बाहिरिए तापनि उपलब्धी शुन्य । आइतवार अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले एउटा खुशिको खबर सम्प्रेषण गरेका छन् । त्यो हो ४८ घण्टामा कोरोना भाइरस मार्ने औषधि पत्ता लाग्यो ।
एन्टी प्यासाइटिक ड्रगले ४८ घण्टामा मार्ने दाबी अष्ट्रेलियाका बैज्ञानिकहरुले गरेका छन् । मोनास विश्वविद्यालयको बायोमेडिसिन डिस्कोभरी इस्टिच्युट र पिटर डोर्हेटी इन्स्टिच्युट अफ इन्फेक्सन एण्ड इम्युनिटीको संयुक्त अध्ययनले त्यस्तो दाबी गरेको हो ।
उक्त अध्ययन टोलीले हाल बजारमा उपलब्ध एन्टि प्यारासाइटिक ड्रगको प्रयोगले ४८ घण्टाभित्र कोरोना भाइरस मार्न सकिने निष्कर्ष निकालेको जनाएको छ ।
अष्ट्रेलियाको मोनास विश्वविद्यालयबाट नेतृत्व गरेका डाक्रट किलाई वागस्टाफले आइभरम्याक्टिन नामको ड्रगले कोरोना भाइरसको बढदो सेललाई ४८ घण्टामा बन्द गरिदिने बताएका हुन् ।
उनीहरुको दाबी अनुसार सिंगल डोजले पनि सबै भाइरल आरएनएलाइए ४८ घण्टाभित्र हटाइसक्ने र २४ घण्टामै उल्लेखनिय सुधार आउने बताएका छन् ।
आइभरमेक्टिन औषधि एफडिए अप्रुभ्ड ड्रग हो जुन एचआइभी, डेंगु, इन्फ्लुएन्जा र जिका भाइरसका विरुद्ध पनि प्रयोग गर्ने गरिएको छ ।
डाक्टर वागस्टाफले उक्त परिक्षण भिट्रो अर्थात टेस्ट ट्युवमा गरिएको थियो । उक्त परिक्षण मानिसमा पनि गर्नुपर्ने समेत उनले सल्लाह समेत दिएका छन् ।
आइभरमेक्टिन धेरै प्रयोगमा आएको सुरक्षित ड्रग हो । भिट्रो परीक्षणका क्रममा सफल भएको यो विधि अब मानिसमा गर्दा प्रभाबकारी हुन्छ वा हुँदैन, त्यो भने अबको चरणमा थाहा हुन्छ । उनले भने ।
अहिले कोरोनाको विश्वब्यापि महामारी चलिरहेको छ र प्रमाणित भएको कुनै उपचार छैन । प्रमाणित भइसकेको औषधि नभएको हुँदा हाम्रो अध्ययनले निकालेको निष्कर्षको औषधि भ्याक्सिन पत्ता लाग्नुभन्दा पहिला ब्यापक प्रयोगमा आउने हाम्रो दाबी छ ।
साथै उक्त अध्ययन र परिक्षण जिवित कोरोना भाइरसमाथि गरिएको जनाइएको छ । हाल विश्व समुदाय नै कोरोनाबाट आक्रान्त बनेको अवस्था छ । जसको कारण स्वास्थ्य क्षेत्रमा ठुलो चुनौतीको रुपमा हेरिएको । भने विभिन्न अध्ययनहरुले कोरोनाको औषधि परिक्षणहरु भइरहेका छन् ।
यो तयार पार्दासम्म विश्वभर ६७ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ भने १२ लाख ४४ हजार ३ सय २१ जना मानिसहरुमा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ५६ हजार ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया